
कहिलेकाँही यो मनभित्र तुफान हुन्छ,

नियन्तरण नै हुँदैन किन वेइमान हुन्छ।
देखें अन्याय अत्याचार आफु जस्तैको




भनौँ त कोही तेस्को के समाधान हुन्छ।
गद्दार पौडि खेल्छन् सहीदको रगतमा,
अचेल उनै गद्दारको देशमा शान हुन्छ।
ओझेलमा पर्छन् किन कर्णधार हाम्रा,
जस्को देश बिकाशमा योगदान हुन्छ।
धेरैजसो नेता लोभी हुन्छ पद लोलुप्ता,
सिन्कै न भाँचेपनि मुखमै उखान हुन्छ।
अचेल नीति बिनाको राज गर्नेहरूको,
गाउँ सहर गल्लि गल्लिमै दोकान हुन्छ।
॥१॥
मोबाइल नेटवर्किङ्गको प्रतिफल हुनसक्छ,
कुनैदिन यो मानव संसार पागल हुनसक्छ।
नयाँ नयाँ आबिस्किर हुँनु त राम्रै पक्ष होला,
अलि बढी भयो भने त्यसैमा कल हुनसक्छ।
छिमेकीले गणतन्त्र दिवश धुमधाम मनायो,
देशमा प्रतिगमन दुश्मनको छल हुनसक्छ।
न बाउबाजे क्रान्तिकारी थिए हाम्रा न छोरा,
के नीति अगाडी सारौँ जो अमल हुनसक्छ।
एउटै झण्डा उठाउँ हिमाल पहाड मधेशले,
देश जनताको लागि त्यही असल हुनसक्छ।
झोले न बनाउँ लगाऊँ आर्थिक उत्पादनमा,
देश गुलाम घरघरै राजनीति दल हुनसक्छ।
॥२॥
विदेशको अगाडी यही सरकार पनि लाचार देखिन्छ,
सर्वहार सुकुम्वासी समेत यसलाई साहुकार देखिन्छ।
एउटा भालेमा कर लगायो साग पातामा कर लगायो,
देशनै बनायो मण्डि र त वेदशीको बफादार देखिन्छ।
सङ्घीयता ल्यायो देशमा आमूल परिवर्तन गर्छौँ भनि,
ऋण गरेर प्रदेश धान्छन् देश मर्जको आधार देखिन्छ।
काम गरे भोकै मरिन्न जनता झोले बनेर नहिँडौँ कोही,
अचेल राजनीतिमा पनि हुनथालेको व्यापार देखिन्छ।
मालेमाको झण्डा उठाएका राजनीति पार्टी भित्र पनि,
कुनै ख्रुचेव भेटिए र कयौँ हिटलर अनि जार देखिन्छ।
क्रान्तिकारीलाई त माटो मै मिलाए अवसरबादीहरूले,
अब उनैको रगतमै पौडिने हिट्लरका औतार देखिन्छ।
॥३॥
सत्ताकै लागि देशका दुश्मन समेत खास हुन्छन्,
देशभक्तका सुझाव उनिहरूलाई बक्वास हुन्छन्।
पसिनाको कदर छैन विदेशमा गएर पराण दिंदा
दिनौँ स्वदेश फिर्ता राता बाकसमा लाश हुन्छन्।
जसलाइ देशको रक्षक बनाएर संसदमा पठायौँ,
त्यहाँ सत्ता र भत्ताकै लागि दिनौँ तमास हुन्छन्।
डरलाग्छ निजीकरणमा हाम्रो संसद नै जान्छकी,
देशको सम्पत्ती घुइयाकै भाउमा वाइपास हुन्छन्।
कसरी बिस्वास गरौँ थुप्रै गोठाला छन् विदेशीका,
जसलाई खास ठान्छौँ उनै विदेशका दाश हुन्छन्।
जहाँ गएपनि हुन्छ यो पापी पेट आफ्नै अगाडी,
सुल्झिनुकै सट्टा झन् समस्याको धेरै राश हुन्छन्।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

































