म पढिरहेकै छु…

Image
Nisarga Hospital

साथी म पढिरहेकै छु
थाहा छ ,
मलाईपढेर केही हुन्न
होलान त दुई थान नयाँ सर्टिफिकेट
बस , त्यस्कै लागि
म पढिरहेकै छु।

CP Hospital Dhangadhi

साथी १० पढेरै गएको हो
मुग्लान उ आज मुग्लानी
सँगै गाँउमा नामी भएको छ,
उस्ले घर कमाएको छ ,
परिवार कमाएको छ ,
उ सँग सब छ, ठुलो कुरा पैसा छ!
म अझै एक झिनो आशा बोकेर
केहीँ सपना सजाएर,
सुर्यको किरणसँगै सब थोक भुलेर
झोला बोकेर पढ्न हिडेको छु
साथी म अझै पढिरहेकै छु ….।

साथी तिम्रो जिवनमा कति नयाँपन आएछ,
पहिचान फेर्यो, जहान फेर्यो
घर फेर्यो सँगै घरबार फेर्यो
समाजले तिमीलाई हेर्ने नजर फेर्यो
तिम्रो सफलताको पछाडि लाग्ने जमात फेर्यो
वधाई छ साथी तिमीलाई
म सायद अब फेरिन्न होला
म अझै पढिरहेकै छु …।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मेरो सफलता
त्यहीं केही थान प्रमाणपत्र त हुन्
जस्ले सदैव आशा मात्रै देखाउँछन्
न भोक मेटाउछन्,न प्यास
न कमी पुरा गर्छन् न जिम्मेवारी
मैले यत्तिका बर्ष
यहीँ कमाए
अझै कमाउदै छु
साथी म अझै पढिरहेकै छु ….।
—-लवदेव धामी

Dhnagadhi & Krishanapur