सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
खेती गरौँ बिचारको समेत व्यापार हुन्छ,
बाजारमा आलु जस्तै बिक्ने बिचार हुन्छ।
CP Hospital Dhangadhi
काम कसैलाई लागे त्यो मूल्यवान भयो,
तिम्रो के जान्छ काम न लागे बेकार हुन्छ।
उठाउ कलम र लेख के के गर्यौ जीवनमा,
तिम्रै भित्र लुकेको प्रतिभाको संसार हुन्छ।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
खोज मनको सुन्दर बगैचामा राम्रा नराम्रा,
फूलमा लुकेका सुगन्ध नै समाचार हुन्छ।
तिम्रो जीवन दर्शनले पनि यो दुनियाँलाई,
शङ्घर्ष गरेर जिउँने एउटा आधार हुन्छ।
निरास नबन देखाउ प्रतिभा तिमी आफ्नो,
सदियौँ जिवित राख्ने यही व्यवहार हुन्छ।

॥१॥

देश विदेशमा जताततै अन्धकार उस्तै छ,
गरिब निमुखा माथीको अत्याचार उस्तै छ।
खै के बदलिएको देख्छौ हिंजो आज यहाँ,
जङ्गल राज छ पशु तुल्य व्यवहार उस्तै छ।
भन्छन् हामी धर्म गर्छौँ पशुको दिएर बली
धर्मको नाउँमा लुटेर खाने औजार उस्तै छ।
समाज बदल्न हिंडेका आफै बदलिए यहाँ,
यो पुँजिवाद र पुरूषप्रधान संसार उस्तै छ।
नेपाल आँमाले त देशभक्त जन्माइन् छोरा,
बनेन् कणधार बरू बनेछ गद्धार उस्तै छ।
क्रान्तिका ठुलाठुला धाग लगाउँछन उनैले,
प्रतिष्ठाको लागि नीतिमा व्यापार उस्तै छ।
॥२॥
नागरिकको मनमा सधैँ यही सवाल रहिरह्यो,
हाम्रो देशभित्र भ्रष्टाचारको सञ्जाल रहिरह्यो।
सबैलाई आ आफ्नै समस्या छन् समाजभित्र,
हुँदैन समाधान देश सधैको कङ्गाल रहिरह्यो।
पुँजीवादी युगभित्र पैसा प्रधान समाज हुन्छ,
शोशक साम्तनै सधैभरी मालामाल रहिरह्यो।
धनीको धन् दिन दुइ गुणा रात चौगुणा हुन्छ,
गरिब श्रमजिविका घरमा अनिकाल रहिरह्यो।
भद्र भलाद्मी झोले पनि वुद्दीजिवि हुन्छ कतै,
हाम्रो देशभित्र बिडम्वनाको बबाल रहिरह्यो।
॥३॥
ए बा न्यायलयमा पनि तमास किन हुन्छ,
सबैलाई बरोबरी भनेर बक्वास किन हुन्छ।
एउटा मान्छे जमानत नपाई जेलमै सड्यो,
पैसावालाकै लागि न्याय खास किन हुन्छ।
जसले परिश्रम गर्छ न मानो छ न त छानो,
नेताहरू सँग मात्र धनको राश किन हुन्छ।
पाप धर्म र स्वर्ग नर्कका कथा वाचन गर्दा,
उन्लाई यो भ्रष्टाचार गर्ने सहास किन हुन्छ।
भन्छन् हामी धर्मगर्छौँ पशु बली दिनेहरूले,
सधैँ यो समाज कुरितीकै दाश किन हुन्छ।
सबैभन्दा चेतनसिल प्राणी भन्ने मानिस यो,
अत्याचार सहेर जिउँदा लाश किन हुन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
Dhnagadhi & Krishanapur