
मुक्तक.. १
बाँचेका छन नेता चतुर भएर , जनता गोरु भएर
भाषणमा काग ,बस्छ्न् काममा लाटो कोसेरो बनेर
सत्तामा दारी फुलेका , कानको जाली फुटेका छन्
देश कसरी बन्छ युवा जत्ती खाडी मुलकमा बेचेर?

मुक्तक २
जडै देखि उखेली फाली दिनुस् भ्रस्टाचारको बोटलाई
बिकास कार्यमा धुप बाल्नुहोस् सफा राख्नुहोस् मनलाई
देशको लागि सोच्ने स्मरण शक्ति सुकि सके छ नेता जि
सधैव ठण्डा पानी पिउनुहोस् शिथिल पार्नुहोस् दिमागलाई
पारस भट्ट प्यासी .. सुदुरपश्चिम बैतडी
पारस भट्ट
पारस भट्ट प्यासी




































