सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

कति खुसि छ उसले नाति उपहार पायो,
डुब्नै लागेको घामले सारा संसार पायो।
जन्मिन्छन् रत मर्छन् दुनियाँमा जिवहरू,
जीवन कोई धिक्कार कसले प्यार पायो।
श्रवणकुमार त कथामै सिमित भए आज,
बरू घांटी रेट्ने बा आमाले औजार पायो।
आफ्नै रगत दियो मृगौला दियो छोरालाई,
बा वृद्धा अवस्थामा भन्छ के संकार पायो।
बा आमा यसैमा खुसिछन कसैको छोरीले,
आज लोग्नेकै रूपमा दाश बफादार पायो।
मालेमाको हतियारले जनवाद खोज्नेहरू,
फर्केर हेर्दा सत्तामा हिटलर र जार पायो।

CP Hospital Dhangadhi

॥१॥

पानी न भएपनि मर्छन् पानी भएपनि मर्छन्,
जसलाई मर्नु छ जानि-जानी भएपनि मर्छन्।
कहाँ थियो र प्रेम दिवस विद्रोहको ज्वाला,
जन्मेका जती प्रेम कै खानी भएपनि मर्छन्।
मुना मदन उस्तै लैला मज्नु र हिर रञ्झा,
संसारका अब्बल कहानी भएपनि मर्छन्।
प्रेम एकदिनको हुँदैहुँदैन जीवन भरीको हो,
मुम्ताज साहाजाँ राजा रानी भएपनि मर्छन्।
बतास न झेलेको बृक्ष हुन गारै हुन्छ संसरमा,
प्रत्येकको आउँछन् जवानी भएपनि मर्छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

॥२॥

खसि दिन्छौँ फर्शी लिन्छौँ दिलदार कतीहोकति,
झेल्छौँ उनैका अतिक्रमण उपहार कतिहोकति।
हामि वीरका सन्तती लड्न मर्न डराएनौँ साँच्चै,
यो आफ्नै छातिमा झेल्दै आयौँ वार कतिहोकति
संसारमा पुग्छौँ शान्ती सेना बनेर र स्वांयम सेवा,
रगत र पसिनाले बनायौँ साहुकार कतिहोकति।
सबै गर्छौँ तर वेइमानी गर्दैनौँ अरू सँग नेपालीले,
आपसमै हुन्छ हाम्रैबिच धेरै तकरार कतिहोकति।
सयौँ जात जाती भाषा धर्म पौरख को खाने कर्म,
दुश्मन समेतले बनाउँन्छन् हतियार कतिहोकति।
क्रान्ती गर्न तम्सिएका युवाहरू आमूल परिवर्तन्,
मालेमाको झण्डा भित्र बनायौँ जार कतिहोकति।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
Dhnagadhi & Krishanapur