
बाकस भित्र युवाको लाश आउँदा,
पर्वाशमा दुःखको रास आउँदा।
पचाए लाज शासकहरू लजाएनन्,
लाग्दै छ पिर सुनेर बक्वास आउँदा।
सत्तानै ढाल्ने खिचलो सधैँ देशमा,
जङ्गली राज बनाए दाश आउँदा।
लजायो लाज दुनियाँ पनि अचेल,
देशमा सधैँ गुण्डा र बद्मास आँउदा।
जोगाऊँ अब जनता मिली मात्रृत्व,
एकता बनौँ समस्या खास आउँदा।

॥१॥
यही निलो गगनमा उड्ने रहर भएपनि
के लाग्छ मन मष्तिकमै सगर भएपनि।




मुर्झाएका भोका नाङ्गाहरूको बस्तिमा,
जिन्दगी सधैं शंघर्षको सफर भएपनि।
बढेको यो वेग हटेन पछि कुनै मोडमा,
मुस्कुराउँदै हिंड्छु म वे कदर भएपनि।
झुक्न जानिन पोख्यौँ पसिना आफैले,
कम छैन पातिले बारेको घर भएपनि।
न पेसा छ न जागिर पाउँछन् युवाहरू,
चल्दैन दोकान आफ्नो सटर भएपनि।
सम्झेर चौतारो मनको बह बिसाउँछौँ,
देश रहन्छ रहँदैन भनौँ खबर भएपनि।
॥२॥
धनिलाई उपकार गरिबलाई कारागार यस्तै छ,
संसारभरी हिंजो आज साँच्चै सरकार यस्तै छ।
गरिबका कथा धनीले धन कमाउँन बिक्रीगर्दा,
मख्ख हुन्छन् अचेल अनौठो संसार यस्तै छ।
संविधानमा होइन बाँधिए आ-आफ्नै पार्टीमा,
भन्छन् बुद्धीजिवि पार्टीको बफादार यस्तै छ।
सिमाना मिचियो सबैलाई थाहा छ कहाँ कहाँ,
नेताको जीवन यापन गर्ने नै आधार यस्तै छ।
जनता बेरोजगार छन् नेता साहुकार छन् यहाँ,
रेमिटेन्सकै लागि उनैको सधै व्यापार यस्तै छ।
के गरौँ न रोजगार न कुनै आफ्नो मन्त्री यहाँ,
शंघर्षमै आस्था तर व्यवस्था भ्रष्टाचार यस्तै छ।
॥३॥
जीवन कहाँ पुग्छ समयको भर लाग्दैन,
मरिहत्य गरी धन कमाउँने रहर लाग्दैन।
हावा चल्छ र तुफान आउँछ जिन्दगिमा,
मर्नु त छँदै छ मरिन्छ भनेर डर लाग्दैन।
कसैलाई भ्रम छ मरेपछि पुगिन्छ माथि,
धर्ति छाडी मान्छे अटाउँने सगर लाग्दैन।
स्वर्ग पनि यही र नर्क पनि यही मभन्छु,
शास्त्रले भने जस्तो कतैपनि चर लाग्दैन।
धन चाहिन्छ केवल खान र लगाउँनलाई,
गनतव्य कुन दिन आउँछ खबर लाग्दैन।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

































