
भोजराज थापा केवल पत्रकार होइनन्
सपना खोज्ने यात्री हुन्,
नयाँ प्रतिभाको उज्यालो दियो,
बजारसम्म ल्याउने शिल्पी हुन्।

भोजराज गरिबका लागि भगवान बनेका छन्,
गरिबको आँसु पुछ्ने उनको बानी बनिसकेको छ!
गरिबकै आँसु पुछेको देख्दा समेत
केही अबुझ मस्तिष्कविहीन बटुवाहरू
उनिमाथि कटाक्ष गर्छन्, अपमान गर्छन्,
उनको अपमान गरेर आफू सान गर्छन्!
भोजलाई प्रश्न गर्छन्
नाटक कति गर्छौ?
जनतालाई कहिलेसम्म ठग्छौ?
तर उनले ठगेका छैनन्, उनले चोरेका होइनन्
हो उनले कहिलेकाहीँ दुई-चार सय मागेका छन्
तर आफ्नो लागि होइन
पीडितलाई बचाउनका लागि
घरविहीन, असहायलाई साथ दिनका लागि।




देश-विदेशमा रहेका
मनकारी दाजुभाइलाई,
सहयोगी मनलाई
हात जोडेर गुहार गरेका हुन्!
भोजराज ठग होइनन्, चोर होइनन्
उनी अशक्त बुढापाकाका लागि लठ्ठी हुन्,
अनाथ, टुहुरा बालबालिकाका लागि साहारा हुन्!
उनलाई अनेकौं धम्की सुनाउँछन्
पैसामा बिक्छ भन्छन्।
तर उनी पैसामा बिक्दैनन्,
धम्कीले टुट्दैनन्
उनी निरन्तर सत्कर्म गर्दै अघि बढिरहेका छन्
उनको प्रगतिमा धेरैलाई डाह छ,
र उनको इमानलाई कमजोर पार्ने
षड्यन्त्र गर्छन्।
तर भोजराज थापा थाक्दैनन्,
कलम समाएर अघि बढ्छन्
गरिबका सपनामा नयाँ बिहानी लेख्छन्,
र फेरि पनि सत्यकै बाटो टेक्छन्।
उनका आँखाले देख्छन्
गाउँका गल्लीमा गुमनाम गला
पानीपुरी बेचिरहेकी रचना रिमाल,
गाउँका स्कुलमा लुकेकी प्रीति बिक
उनी खोज्छन्, भेट्छन्,
सिमरन परियार
रेखा पोखरेल जस्ता नयाँ-नयाँ प्रतिभा।
र पनि उनकै नाममा थुप्रिन्छन्
आलोचनाका पहाड,
उनकै प्रगतिलाई हेर्छन्
संकुचित नजरले
तर उनी निरन्तर खोजिरहन्छन्
लुकेका नक्षत्रहरू।
भोजराज यस्तै छन्
शान्त,
सहनशील,
साधारण,
तर नझुक्ने, नथाक्ने!
पारस भट्ट ‘प्यासी’,
सुदूरपश्चिम, बैतडी)

































