सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
खुसि खोज्छौँ न आउँदै अपसान भैदिन्छ,
कती निस्ठूर छ त्यो सधैँ वेइमान भैदिन्छ।
CP Hospital Dhangadhi
गाउँ घर छाड्यौँ आफ्नै देश पनि छोड्यौँ,
आफ्नो परिश्रम आर्कैलाई लगान भैदिन्छ।
गर्भैदेखि सल्केका यी रोग निको पार्दापार्दै,
उम्कन न पाउँदै फेरी रोगी जहान भैदिन्छ।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
जीवनभरी पसिना बगाएपनि खेत बारीमा,
खुसी त भेगुताको धार्नीकै उखान भैदिन्छ।
सोंचेको थिएं क्रान्ती गर्छु आन्दोलित भयौँ,
त्यो आफ्नो लगानि अर्कैलाई दान भैदिन्छ।
बानि परीसकें दु:खलाई सुख्ख नै समझने,
सपना मात्र मिठो राती एक थान भैदिन्छ।

॥१॥

धनिलाई स्वर्ग गरिबलाई नर्क पनि यही कारागार हुँदोरहिछ,
नियम कानुन त बनाउँने बिगार्ने धनिको व्यवहार हुँदोरहिछ।
अक्सर सोंच्ने गर्थे नियम कानुन यहाँ सबैलाई लाग्छ होला,
होइनरैछ त्यो मेरो यो अड्कल समेत सधै बेकार हुँदोरहिछ।
जब म आफै केन्द्रीय कारागारमा पुगेर सबै अबलोकन गरें,
प्रष्ट भयो व्यवहार त उनैले दिएको आदेशनुसार हुँदोरहिछ।
हामि ब्यस्यबृधी गर्नेहरूलाई गलत ठान्छौँ मुल्यङ्कन गर्दा,
यो प्रसासनिक हाकिमकै पनि इन्कमको आधार हुँदोरहिछ।
अड्कल धेरै गलत भएकाछन् महासय खुसिनै छु फेरिपनि,
हामिले अनुमान गरेकै भन्दा ठिक उल्टो व्यापार हुँदोरहिछ।
धन कमाएर के गर्छौ भ्रष्टाचारी सम्रचनामा बरू शिक्षा देऊ,
हो न्यायँको जाल थापेर ठग्न बसेका दोकानदार हुँदोरहिछ।
॥२॥
पहिलाउँन नसक्नु आफु हिंड्ने बाटो एक समस्या नै हो,
उस्तै चिन्न नसक्नु आफ्नै देशको माटो एक समस्या नै हो।
कति दुख्ख गरेर आर्जेका थिए होलान बञ्जर भूमिलाई,
बुझ्न नसक्नु पसिनाले सिंचेको पाटो एक समस्या नै हो।
भात खान पल्केपछि रोगपनि पल्कियो नेपाली समाजमा,
चिन्न नसक्नु महान गुण मकैको आटो एक समस्या नै हो।
जती पटक ठोकिए पनि शिक्षा लिन सकिन गोरखाली ले,
अंगालो हाल्छ भुलेर त्यो पुरानो खाटो एक समस्या नै हो।
भन्छन् हरियो बन नेपालको धन सबै फंडानी भयो देशमा,
विदेश पुग्छ काठपात छैन देशमा भाटो एक समस्या नै हो।
खशी दिन्छन् फर्शि लिएरपनि मख्ख पर्छन् हृदय ठुलै छ,
के भनौँ सर सबैले ठग्छन् सध्ये लाटो एक समस्या नै हो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
Dhnagadhi & Krishanapur