
आयो वसन्त ऐले माया गरेर जाऊ
छदै सुवास साथी बास्ना छरेर जाऊ
होला क्षितीज रातो लाली चढेर आयो
ल्याऊ खुशी परानीमा पीडा हटेर जाऊ
छुट्यो र आज साथी त्यो प्रेमको कहानी
होला कतै निसानी दिल्मा सरेर जाऊ
यामै बहार आयो यी फूल पुल्न थाले
छन् आज कोपिला मै माया भरेर जाऊ
पीडा हजार चिर्दै भोली प्रभात होला
हुन्छन् नदी र नाला सारा तरेर जाऊ

॥१॥
उ पैल्ये त साचो जमाना थियो
खुशी जिन्दगानी बहाना थियो




सबै साथ बस्थे ति नाता हरु
जहाँ शुद्ध पाक्ने त खाना थियो
अनेकौ थिए साज शौर्य धारा
सधै शान्तिको गीत गाना थियो
रहन्थे मिलेरै ति नाता सबै
जहाँँ बास बस्ने त छाना थियो
सदा प्रेम गर्ने बिवेकी बनी
दया धेर छर्ने खजाना थियो
दिए सत्य बाणी सयोगी बनी
सधै हेर्न मिल्ने त पाना थियो
॥२॥
समाते थ्यो हात मेराे आषा मानी जिन्दगीको
न देखेरै आफुलाई ठुलाे ठानी जिन्दगीको,
नपाएको चोट पाए यहां सारा ढुक्न लागे
कता जाऊ मर्न लागे झनै नानी जिन्दगीको
भरोसा थ्यो आफु माथी अझै माया फर्किने छिन्
संका मात्रै अस्मितामा भयो हानी जिन्दगीको
विवेकी भै साथ मागे छरी नौलो भानु रश्मी
खनायो है जन्म भुमि खनी खानी जिन्दगीको
वितेका ती साथ सारा छुटे मेरा सत्यप्रेमी
किनारा मै लाम लागे नदी जानी जिन्दगीको
लक्ष्मी दत्त भट्ट
चादँनी कंचनपुर

































