सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

जनतामा जव़ाफदेही यो सरकार हुनुपर्छ,
देशका नागरिकनै देशको हकदार हुनुपर्छ।
कहाँबाट हुन्छ अन्याय र अत्याचार देशमा,
यो सबैको अब घरी घरी चिरफार हुनुपर्छ।
कसैले मनपरि किन गर्छन् यो देशभित्रमा,
मिडियाकै नि नीश्पक्षिय समाचार हुनुपर्छ।
बिरोधका लागि बिरोध नगरौँ विकास गरौँ,
मान्छेलाई चिनाउँने दर्प्रण व्यवहार हुनुपर्छ।
छन त छन् भ्रष्टाचारी निसङ्कोच देशमा,
तर पनि आरोप लगाउँने त आधार हुनुपर्छ।
सरकार सँग के राखौँ उमिद दिक्दार भयो,
विदेशी सँग बराबरको सधै व्यपार हुनुपर्छ।

CP Hospital Dhangadhi

॥१॥

जब लोभि नेताहरूलाई विदेशीसँग प्यार हुन्छ,
सम्झिनुहोस् महासय अब राष्ट्रघात करार हुन्छ।
कान लगिदियो भन्दा कौवाको पछि नलागौँ है,
आफ्नै कानछाम्ने अक्कलमन्दी व्यवहार हुन्छ।
हाम्रो बिचमा एकता हुन दिएको छैन स्वार्थले,
पुँजिवादी समाजमा राजनीतिको व्यपार हुन्छ।
तिमिले धर्म र जातका कुरा गर्छौँ छुवाछुतका,
मायाँ प्रेम समेत अचेल पैसा पाएनुसार हुन्छ।
सत्तामा विदेशीका दलाल बसेका हुन्छन् यहाँ,
रत नागरिक अपहेलित कर्ताधर्ता गद्दार हुन्छ।
आमूल परिवर्तन् गर्छु भन्थ्यो जो शहिद भयो,
केथा परिवार उपहास तङ्गगभङ्ग घरबार हुन्छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

॥२॥

देशमा प्रतिगमनको आधार उनैले बनाए,
राजनीतिलाई पनि व्यापार उनैले बनाए।
हिँजो मुख तोपेर दिल्ली दरावरमा पुगेका,
पटक पटक देशमा सरकार उनैले बनाए।
कसैलाई कुनै वास्ता छैन शहिदको सपना,
फेरी पनि राजनीतिमा दरार उनैले बनाए।
एकताको हल्ला गर्छन् फुटको खेती गर्दै,
जो सरकार भित्र गए दरबार उनैले बनाए।
हिँजो राजतन्त्र फाल्न हजारौँ मरे जनता,
फेरी राजा बिउँताउँने औजार उनैले बनाए।
आवाज कुच्लिन्छ सरकार गुठि पिडितकै,
धनिलाई जमिनको हकदार उनैले बनाए।

॥३॥

राजनैतिक दलहरू सक्भर मिलेर जानुपर्छ,
गणतन्त्रमा पर्दा अक्कर मिलिर जानुपर्छ।
आलोपालोको परमपरा छाडौँ अखण्ड भनौँ,
बिकासको गर्नु छ भने रहर मिलेर जानुपर्छ।
हामिले प्रतिगामी र कसलाई भनौँ अग्रगामी,
थोरै झाकौँ त आफ्नै उप्पर मिलेर जानुपर्छ।
के नेपाली वीर शहिद हुँन मात्र जन्मेका हौँ,
अमूल्य छ जीवनको सफर मिलेर जानुपर्छ।
दुश्मन र मित्र चिनौँ देशकै रक्षक बनौँ हामी,
राष्ट्र जोगाउँने हो एउटै डगर मिलेर जानुपर्छ।
छाडौँ लोभ पद प्रतिष्ठाको देश बिगार्ने यही,
देश बनेपछि बल्ल बन्छ घर मिलेर जानुपर्छ।
॥४॥
उस्मा यही त कमि छ ऊ इमानदार भयो सधैँ,
न्यायप्रिय छ मातृत्व भूमिसँग प्यार भयो सधैँ।
म आफै हेरिरहेँ जीवनमा उसको नजिक भई,
जो आयो उसैको खिलाफ सरकार भयो सधैँ।
भोको गरिबले पैसा सँग इमान साट्न सकिन,
उसैको परिश्रमिक् शोषण लगातार भयो सधैँ।
ऊ बुद्धको सरणमा पुग्यो शान्तिको खोजिमा,
अशुरक्षित सालिक देख्यो र बिमार भयो सधैँ।
यहाँ त धनकै रहेछ रहश्य बुझ्नै नसक्ने हामी,
के थाहा पैसाकै गुलाम सारा संसार भयो सधैँ।
आफुले त कहिले पैसालाई हेर्छु र हाँसो लाग्छ,
कागतकै टुक्रा संसार मास्ने औजार भयो सधैँ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
Dhnagadhi & Krishanapur