
देउडा गित –
सत्ताकि कुर्सिमा बस्या, तो तीन बर्ष हौइग्या
बिकास भन्ण केइ भयैन, जनता त रोइग्या

उति सुन्दर नगरपालिका ,फोहोर हौइरछ
तोइ चुनाव जिताई वर ,जनता रौइरैछ!
तो माथी बिश्वास गद्या, हम उसाई जन्ता
युवाइ भनी जितायाको, तुइत रैछ गन्धा

पहिलाई बर्ष तीस लाखको खायै तैले नास्ता
तेरि भुँडी टन्न हौइगै, जनताको क्या वास्ता
आगो बालुन्न रोस्यो लिप्पुन, होटलमा खान्छै
तेरा किछ घुमघाममा ,गाडी धुइकाइ जान्छै
गाउँ समाज नहेर्याले ,खुबै गाली पालै
अर्खी मिन्जा भोट माग्दाकी,कि मुखले आलै
जनता घोगाका गेणा, तै गुट्का चपुन्या
तैं ज्वान खतरा जन्मेइ ,बजेट रन्कुन्या
जनतान सित हिट्ट नजन्ण्या , गट्टि तेरि बानी
धै धेकैत कति ठाउँमा , मुख धुनाई नाई पानी !
चुनावमि खेल मैदानका ,कुरा गत्थेइ बणा
बल खेलन्या ,किक्रेट खेल्न्या भया खेत गणा
पानीको सुबिधा नभै स्कुल्यान दुख छन्
कठोर रैछ मुइले जण्या , ढुँगाको तेरो मन
धै भणैत तेरो ध्यान ,कै हण झाईरैछ
स्कुलका ट्वालेटुन कति गन आईरैछ

तैंत चैलए धमाधमा ,अफनाई इक्षामा
न फरक स्वास्थमा भ्यो न फरक शिक्षामा
टुहुरा बालक, अन्धा अपाग्ग ,जैथाई केइ नाई थिन
कब जाणलै गरिव दुखिन, राहत सहयोग दिन
गोपि , हर्क , बानेन को , नि पद हो तेराइ जसो
धै धेकैत अफ्नि ठौर ,चम्काउनार्यान कसो !
केइ धेकिइन तोइमा मैले, खुबी भन्ण्या कुरा
अफ्नि मात्रै ठाँट गद्द्या है ,पाच बर्ष पूरा
मान्ण त तै रिस माणलै ,इसो लेख्यो भणी
जनताको मन जित भागी ,जन गरै मनपणी
लिनु दिनु केइ नाइथीन,दुश्मनी नाई तोसित
निका काम गर मुयै लेख्लो ,तेरा निका गित
पारस भट्ट प्यासी ,,
मेलौली नगरपालीका दुई –
सुन्दरभुमी सेलि बैतडी !
































