साहित्यकार प्रकाश पैंतोलाको शुभकामना सन्देश: “२०८२ मा शान्ति, समृद्धि र सुशासनको स्थापना होस्”

Image
Nisarga Hospital

नयाँ वर्ष विक्रम संवत् २०८२ को अवसरमा साहित्यकार प्रकाश पैंतोलाले जन आशा र सामाजिक सरोकार बोकेको सशक्त शुभकामना सन्देश सार्वजनिक गरेका छन्।

CP Hospital Dhangadhi

उहाँले नयाँ वर्षमा देशमा सुख, शान्ति र समृद्धि चुलिनुपर्नेमा जोड दिँदै छल, कपट, हत्या–हिंसा, लुटपाट, इर्ष्या र डाहजस्ता नकारात्मक प्रवृत्तिको अन्त्यको कामना गर्नुभएको छ।

सन्देशमा भ्रष्टाचारविरुद्ध कडा कारबाही र सामाजिक बहिष्कारको माग गरिएको छ। “राजनीतिज्ञहरू इमानदार बनून, सर्वसत्तावाद हावी नहोस,” साहित्यकार पैंतोलाले उल्लेख गर्नुभएको छ। राजनीतिक अस्थिरता अन्त्य होस् र कुर्सीको खिचातानीले देशलाई पछि नपारोस् भन्ने उहाँको अपेक्षा छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

उहाँले समाजमा मौलाउँदै गएको “आफू काम नगर्ने, काम गर्नेको खुट्टा तान्ने बाँदर प्रवृत्ति” हट्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। यस्तै, राजनीतिक दलका कार्यकर्ताहरू चरित्रको कालोलाई सेतो देखाउने तर्कमा रमाउन छाड्नुपर्ने उहाँको भनाइ छ।

प्रकृति र पर्यावरणप्रति पनि जिम्मेवार बन्नु पर्ने सन्देश दिँदै, “गाई सडकमा होइन, गोठमा होऊन” भन्ने आग्रह समेत गर्नु भएको छ !

Dhnagadhi & Krishanapur