केपी ओली कप टी–२०: अत्तरिया सेमिफाइनलमा

Image
Nisarga Hospital

पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार पोखरा क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै अत्तरियाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

CP Hospital Dhangadhi

समूह ‘डी’ अन्तर्गत टस जितेर पहिले ब्याटिङ गरेको मालपोखरी १७.४ ओभरमा १२४ रनमै अलआउट भयो। विजय गुप्ताले ३८ रनको योगदान दिए भने दब्लु मलिक र जितेश मण्डलले समान १७–१७ रन बनाए। अत्तरियाका अर्जुन विक, हिक्मत महर, सौर्य श्रेष्ठ र सुशील साउदले समान २–२ विकेट लिए, भने भोजराज भट्टले १ विकेट लिए।

१२५ रनको लक्ष्य पछ्याएको अत्तरियाले १४.१ ओभरमा ४ विकेटको क्षतिमा १२८ रन बनाउँदै सहज जित हात पार्‍यो। ओपनर अभिषेक पालले सर्वाधिक ३८ रन बनाए। उनले ५ चौका र २ छक्का प्रहार गर्दै रनआउट भए। निश्चल क्षेत्रीले ३० रन बनाएर नटआउट रहे भने अन्य ब्याटरले पनि योगदान गरे।

nawajiwan
Attariya Hospital

अर्जुन विक ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यसअघि सीईसी काठमाडौं, गण्डकी हिरोज र हिमाल फ्रेन्ड्स सेमिफाइनलमा पुगिसकेका छन्। बिहीबार पहिलो सेमिफाइनलमा काठमाडौं र हिमाल फ्रेन्ड्स तथा दोस्रो सेमिफाइनलमा गण्डकी हिरोज र अत्तरिया भिड्नेछन्।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा १६ टिम सहभागी छन्। फाइनल शुक्रबार हुनेछ। विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।