जनक शिक्षाको धनगढी शाखाले १५ करोडको किताब बेच्यो

Image
Nisarga Hospital

धनगढीः नयाँ शैक्षिक सत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशमा १५ करोड ४६ लाख ७४ हजार ११७ रुपैयाँ बराबरका पाठ्यपुस्तक बिक्री गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको छ।

CP Hospital Dhangadhi

केन्द्रका अनुसार चैत १७ गतेदेखि सुरु गरिएको बिक्री अभियानअन्तर्गत चैत मसान्तसम्ममा ११ लाख ३६ हजार ४१७ थान पाठ्यपुस्तक स्थानीय पुस्तक विक्रेतामार्फत वितरण गरिएको हो।कार्यालयका प्रमुख रामविनय श्रेष्ठले चालु शैक्षिक सत्रमा प्रदेशभर २५ करोड रुपैयाँ बराबरका १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको जानकारी दिए।

Attariya Hospital

उनका अनुसार जिल्लागत रूपमा कैलालीमा सबैभन्दा बढी २ लाख ४६ हजार ९२१ थान पाठ्यपुस्तक बिक्री भएको छ। त्यसपछि कञ्चनपुरमा १ लाख ४७ हजार २३८, बैतडीमा १ लाख ४२ हजार ६३३, अछाममा १ लाख २३ हजार ११६, डोटीमा १ लाख १५ हजार ६३, बाजुरामा १ लाख ९ हजार २९६, बझाङमा १ लाख ८ हजार ५६०, दार्चुलामा ९५ हजार ८२६ र डडेलधुरामा ४७ हजार ७६४ थान पाठ्यपुस्तक बिक्री वितरण भएको छ।

nawajiwan

प्रमुख श्रेष्ठका अनुसार पहाडी जिल्लामा अधिकांश पुस्तक पुगिसकेका छन् भने कैलाली र कञ्चनपुरका बाँकी क्षेत्रहरूमा वितरणको कार्य जारी छ। उनले भर्ना अभियानसँगै सबै जिल्लाका विद्यार्थीले समयमा नै पाठ्यपुस्तक प्राप्त गर्ने विश्वास व्यक्त गरे।गत शैक्षिक सत्र २०८१ मा सुदूरपश्चिम प्रदेशमा २२ करोड ५७ लाख रुपैयाँ बराबरका पाठ्यपुस्तक बिक्री गरिएको केन्द्रले जनाएको छ।