कसैको मनमा के बित्छ वे खबर हुन्छन्,
सबैका दुनियाँमा आ आफ्नै रहर हुन्छन्।
हुन्छन् जिन्दगिमा असफल धेरैको मायाँ,
जस्तै माछालाई पानी सुकेको बगर हुन्छन्।
खै कसैको कथाले कसको मन् छुन्छ यहाँ,
जसको आँसुमा भिजाएको अधर हुन्छन्।
त्यागेर हरेक पाइला उनैको लागि चलायो,
उसैको नजरमा किन उनै वे कदर हुन्छन्।
कसैले त साँच्चै जीवन नै शंघर्षमा बितायो,
पाइलै पछि ठोक्कर समयका अफर हुन्छ।
॥१॥
कसैलाई आफ्नै पसिनाले घर बनाउँने कर हुन्छ,
तर कसै कसैलाई आफ्नो घर छाड्ने रहर हुन्छ।
को सही होला को गलत समयले अवश्य भन्ला,
कुनवेला कस्तो संकट आइलाग्छ के खबर हुन्छ।
होइन आफ्नै बल बुतामा जिउँन खोज्नु नराम्रो,
खोलाले पनि आफै बनाएको बाटो बगर हुन्छ।
मानिसहरू एक्लो कहाँ हुन्छन् र मित्र समाजमा,
परिवार हुन्छन् र एक आर्कामा सधैँ निर्भर हुन्छ।
हरेश खाएको भए आफै पनि उहिल्यै मर्थेंहोला,
सोँचेर यहाँसम्म पुगें जीवन शंघर्ष र सफर हुन्छ।
सबैको आआफ्नै कथा हुन्छ कहानि हुन्छ साथि,
घायल भई रोएको मुटु मुस्कुराएको अधर हुन्छ।
॥२॥
लक्ष्मीको बास हौस् दुष्टको नाश हौस नववर्षमा,
सबै नागरिकलाई गास हौस बास हौस नववर्षमा।
कसैको कान कपाल न दुखोस स्वास्थ मस्त रहौँ,
यो वर्ष देश जनताकै लागि खास हौस नववर्षमा।
हिमाल पहाड र तराई अखण्ड रहौस देश नेपाल,
सडकमा न त सदनमा न तमास हौस नववर्षमा।
एक नेपाल अखण्ड नेपाली चिनोस संसारले पनि,
घर घरमा उज्यालो मनमा मिठास हौस् नववर्षमा।
आफ्नै देशमा रोजगार र चहल पहल घर आगनि,
बृद्धाहरूको सँगै छोरा छोरी पास हौस् नववर्समा।
देशले पाव़स निकास सयौँ फूल फुल्ने बगैचा भित्र,
खुसि साटासाट चौतर्फिय बिकास हौस् नववर्षमा।
यही छ शुभकामना दुइहजार बयासिको हृदयबाटै,
जनतामा शुख्ख र शान्तिको रास हौस् नववर्षमा।
॥३॥
परदेशमा नागरिक मर्छन् वेखबर हुन्छ सरकार,
सडकमा आन्दोलन् हुन्छन् वेअसर हुन्छ सरकार।
गणतन्त्र आएपछि देशभित्र बिकास हुन्छ ठान्थ्यौँ,
अचेल ऋण बढ्यो राहतमा नै निर्भर हुन्छ सरकार।
गरिबको छोरा विदेश बाट रातो बाकसमा फर्किँदा,
त्यो वेलामा आफ्नै मुटु पनि पर-पर हुन्छ सरकार।
यो नववर्षको के शुभकामना देउँ मैले पोहोर जस्तै,
उस्तै मिल्दो जुल्दो जीवनको सफर हुन्छ सरकार।
गरिबहरू लाई त न मानो छ न छानो छ यो देशमा,
साहु महाजनलाई नयाँ वर्षको रहर हुन्छ सरकार।
तिमिले त मान्छे नै मारेर संसदमा मन्त्री बनेका छौ,
श्रमजिविलाई अन्याय सोच्नै धेरै डर हुन्छ सरकार।
सुरेशकुमार पाण्डे दाङ घोराही १८