सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

सडकमा उस्तै सदनभित्र बबाल हुँदै आयो,
देशमा सु व्यवस्थाको अनिकाल हुँदै आयो।
जहाँ स्वर्ग नर्कका पाठ पढाइन्छ युवालाई,
सदियौँ देशमा कुरितिको जाल हुँदै आयो।
मर्छन् र मारिन्छन् अकालमै देश विदेशमा,
नागरिकहरू नि दुश्मनका ढाल हुँदै आयो।
भोका छन् नाङ्गा छन् श्रमजिविहरू देशमा,
उहि देशको सम्पत्ति फालाफाल हुँदै आयो।
सुख्ख खोज्दा भौँदारिदै पाएकाछन् दुःख,
महलमै बस्नेको निशाना त्रिपाल हुँदै आयो।
कहिले सम्म चलिरहला यो भ्रष्टाचारको युग,
सबैको मन् मष्तिकमा यो सवाल हुँदै आयो।

CP Hospital Dhangadhi

॥१॥

जो विदेशकी बफादार हुन्छन् देशमा,
उनैका बलिया सरकार हुन्छन् देशमा।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
देशलाई चारैतिरबाट घेरेकोझैँ देखिन्छ,
त्यसैले उनैले भनेनुसार हुन्छन् देशमा।
बाबाले झुट सँग परहेज गर्न भन्नुभयो,
अचेल झुटको व्यापार हुन्छन् देशमा।
भोकले मर्छन् सच्चा मान्छेहरू अचेल,
धन सम्पत्तिसँग नै प्यार हुन्छन् देशमा।
कस्तो मानिसहरूको भिड् छ जताततै,
यद्यपि मर्ने मार्ने लगातार हुन्छन् देशमा।
भन्छन् सबैले आफुलाई देशभक्त सधैँ,
अतिक्रमणको समाचार हुन्छन् देशमा।
॥२॥
पानी जस्तै पानी छैन र त आरो फिल्टर चाहिन्छ,
जरूवाको पानी सुद्ध गर्नलाई उस्तै बगर चाहिन्छ
छोरा विदेश छ दही,दुध नभई भाग बस्दैन् नाति,
गाइ पाल्दैन बुहारी लिप पोत गर्ने गोबर चाहिन्छ।
खै यो देशका नेताहरू पनि हुन्छन् कस्ता कस्ता,
भोट गाउँबाट बस्नलाई बास राम्रो सहर चाहिन्छ।
समयको मूल्य चिन्नुपर्छ यो समय फर्किदैन फेरी,
त्यसै भन्दैनन् बाबु समको महत्व कदर चाहिन्छ।
दुश्मनले पनि कम्जोर भएपछि आकार्मण गर्ला,
साँचै भाइ भाइमा मेलमिलाप सकभर चाहिन्छ।
जन्मेका मर्छौँ हामी सबैको अवश्य आउँछ पालो,
विवेक नगुमाउँ जीवन काट्ने पनि सबर चाहिन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 

Dhnagadhi & Krishanapur