सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

मर्दामर्दै बिउँतिएर जुधाए नजर गजल बन्छ,
हृदय पग्लेर भिजाए पछि अधर गजल बन्छ।
दुःख र सुख्खको मिश्रणमा बनाएको रचना,
उर्लिए खोला वा सुखेपछि बगर गजल बन्छ।
प्रेममा हराएकै मानिस त होइन ठोक्कर खाँए,
खाएपछि जीवनमा बढी ठोक्कर गजल बन्छ।
ज जसले दिए धोखा अनेकौँ पटक ज्यानलाई,
उनकै फेरि पनि उस्तै परेपछि भर गजल बन्छ।
बिख्रिएको सन्तान छेमल्दा छेमल्दै हरायोभनि,
त्यही शंघर्षमै भए निरन्तर सफर गजल बन्छ।
कहिँ पग्लिन्छ मोम बनेर उहि यात्रि सफरमा,
आफ्नै अडानमा बनेपछि पत्थर गजल बन्छ।

CP Hospital Dhangadhi

॥१॥

यही मनभित्र पनि प्रकृती झैँ प्रान आउँछ,
किन आँधी आउँछ कहिले तुफान आउँछ।
गरिबहरू गर्न जान्दैनन् कत्ती चिल्ला कुरा,
कामचोर भए पनि नेतालाई उखान आउँछ।
पाठशाला पठाएका बालक कलश यात्रामा,
भन्छन् विध्यालय भन्दा त्यहाँ ज्ञान आउँछ।
पुँजिप्रधान समाज निर्भर छ अर्थव्यवस्थामै,
पैसा भएपछि मात्र सबैको समाधान आउँछ।
त्यसैले होला व्यस्यालयमा देह व्यपार उस्तै,
बिक्रीहुन्छन् मान्छे उनैमा अभिमान आउँछ।
भ्रष्टाचार चुलियो देश डुबाउँन थाले नेताले,
खै अब यो देश बनाउँन कुन जवान आउँछ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

॥२॥

चुनावभन्दा पहिले जस्तो थियो हुनेहार उस्तै होला,
कसले कल्पना गरेको थियो त्यो गद्धार उस्तै होला।
न घोडाको पछाडी आए न नेताको अगाडी आउनु,
सधैँ समयले साथ दिंदैन कहिले तकरार उस्तै होला।
भोट माग्नेहरू सबै एकनास हुँनेछैनन् आसा लाग्छ,
आज तिम्रो जस्तै भोली मेरैपनि सरकार उस्तै होला।
क्रान्तिकारी कुरा गर्छन् मेरो साथिले दिन रात मसँग,
डर लाग्छ के चुनाउ जित्दा मसँग प्यार उस्तै होला।
जमाना बिस्वासिलो काँछर धोका हुन्छ पाइल्यैपछि,
खै सधैँभरी श्रमजिविहरूको यो संसार उस्तै होला।
जुनजोगि आयो कान चिरेको आयो सग्लो कुनैछैन,
भोट त सधैँ गरिबले पनि दिन्छौँ औतार उस्तै होला।
॥३॥
उमेर ढल्दै जाँदा एक्लिने डर हुँदोरहिछ,
मानिस यो वेला जटिल डगर हुँदोरहिछ।
छोडि जान्छन् प्वाँख लागेपछि बचेराहरू,
वृद्धा अवस्था नै एकलो सफर हुँदोरहिछ।
जन्माए हुर्काए बा आँमा कर्तव्य नै होला,
त्यसपछि आफ्नै घरपनि वेघर हुँदोरहिछ।
औषधि पनि दुषपरिणाम दिन्छ कुनैवेला,
कसैको त जिब्रैमा समेत जहर हुँदोरहिछ।
कति बोझिला रात हुँदा रहिछन् आँखामा,
सपनाहो वा बिपना खै वेखबर हुँदोरहिछ।
मानिसहरू मरे पछि आस गर्छन स्वर्गको,
मन तिमाल्ने त्यो पनि अवसर हुँदोरहिछ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
Dhnagadhi & Krishanapur