
सुन पसलमा खरिद गरिएको सुन पुनः बिक्री गर्दा अब २ प्रतिशत शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। आर्थिक विधेयकमार्फत सरकारले सुन बिक्रीमा लाग्ने विलासिता करको सीमा हटाई सबै प्रकारका कारोबारमा कर लागू गर्ने निर्णय गरेको हो।

पहिले १० लाख रुपैयाँ वा त्योभन्दा बढी मूल्यको सुन बिक्रीमा मात्र यस्तो कर लाग्थ्यो। तर अब जुनसुकै मूल्यको सुन बिक्री गर्दा पनि सोही अनुपातमा शुल्क लाग्नेछ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार यस व्यवस्थाले थोरै परिमाणमा सुन बिक्री गर्ने ग्राहकलाई बढी असर पुर्याउनेछ।




गत वर्ष अर्थमन्त्री रहेका वर्षमान पुनले यो प्रस्ताव अघि सारेका थिए। साना कारोबारकर्ताका लागि सहज व्यवस्था माग गरिएको अवस्थामा उल्टै उनीहरूलाई थप भार पर्ने गरी कर संरचना परिवर्तन गरिएको बताइएको छ।



































