
आगामी आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइने भएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने ऐतिहासिक जात्राको अवसरमा उक्त बिदा दिने निर्णय गरिएको हो।

गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, भोटो जात्राका दिन हरेक वर्ष उपत्यकामा बिदा दिने प्रचलनअनुसार यस वर्ष पनि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा मात्र लागू हुने गरी सार्वजनिक बिदा घोषणा गरिएको हो।

भोटो जात्रा नेपालको संस्कृतिमा विशेष महत्व राख्ने परम्परागत पर्व हो, जसमा रथमा राखिएको भोटो देखाउने परम्परा पुरानो समयदेखि चलिआएको छ।





























