
नेपालमा हाल मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका अधिकांश भूभागमा सामान्य बदलीको अवस्था छ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो र रातभर देशभर सामान्य बदली रहने र विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने अनुमान गरिएको छ। भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

































