एएफसी एसिया कप छनोटमा नेपाल पराजित

Image
Nisarga Hospital

एएफसी एसिया कप छनोटमा नेपाल उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको छ। निर्धारित समयसम्म खेल ३–३ को बराबरीमा सकिएपछि पेनाल्टीमा नेपाल स्तब्ध भएको हो।

CP Hospital Dhangadhi

खेलको सुरुवातमै उज्बेकिस्तानले ३–१ को अग्रता बनायो। नेपालका लागि सावित्रा भण्डारीले एक गोल फर्काइन्। पहिलो हाफको अन्त्यमा उज्बेकिस्तान १० खेलाडीमा समेटियो। दोस्रो हाफमा सावित्राले थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे र खेल बराबरीमा ल्याइन्।

Attariya Hospital

पेनाल्टीमा नेपालका सावित्रा र गीता रानाले गोल गरिन् भने अन्य दुई प्रहार असफल हुँदा उज्बेकिस्तान विजयी बन्यो। उज्बेकिस्तानका सबै प्रहार सफल भए।

nawajiwan

यो नतिजासँगै उज्बेकिस्तान २२ वर्षपछि एसिया कपमा छनोट हुन सफल भयो भने नेपालको यात्रा यहीं टुङ्गिएको छ।