सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

कसैले साराजीवन हाडछाला घिसाए एकछाक खान,
बञ्जर जमिन रगत पसिनाले सिंचाए एकछाक खान।

CP Hospital Dhangadhi

दुश्मन लाग्छ भन्ने सोजासाझा किसानलाई के थाहा,
श्रमजिविहरूले पाउँनुसम्म दुःखपाए एकछाक खान।

कोही खाडिमा छन् र कोही कतार भेँडा ऊँट चराउँदै,
नारकिय जीवन जिउँने बाटो समाए एकछाक खान।

nawajiwan

उनैको पसिना खोस्न नयाँ- नयाँ योजना बन्छन याहाँ,
आफु सरकारमा र युवा विदेश भगाए एकछाक खान।

गरिब भई जन्मिनु नि कस्तो जिवन हो मानिसहरूको,
बन्दुक पड्काए कसैको र गैँची चलाए एकछाक खान।

कहिले मञ्च बनाए आफैले रणभूमिमा बन्दुक बोके,
आफु चिसाए सँधैलाई संसार तताए एकछाक खान।

॥१॥

काम गर्नै नदिए नियम अनुसार कसरी काम गर्छ,
जता पनि पेल्न खोजे सरकार कसरी काम गर्छ।

सहकारी घोटाला गरेकालाई छानविन गर्नै नदिए,
छुटाउँनै छ कार्यक्रतालाई हतार कसरी काम गर्छ

थाहा छ घोटालामा सलङ्गन् हुन्छन् फेरिपनि नेता,
हस्ताक्षरकै कुना कुनामा दरबार कसरी काम गर्छ।

गणतन्त्रको नजायज फाइदा उठाई छुट्छन् नेता,
यसरी फैलिन्छ देशमा भ्रष्टाचार कसरी काम गर्छ।

सबैलाई चाहियो पद प्रतिष्ठा र भ्रष्टाचार गर्ने थलो,
जनतानै सिखर पुराउँने आधार कसरी काम गर्छ।

न्याय कानुन बनेकाछन् कुन्ठित बुझ्दैनन् जनता,
भनौँ सिस्टम नै भयो फेल यार कसरी काम गर्छ।

॥२॥

दिनैभरी खेतामा धान रोप्छ त्यही भूमिहिन गरिब छ,
आयश्रोत छैन उसैको देखिन्छ जताततै रिन गरिब छ।

काम खोज्न जान्छ देश विदेश खालिहात जीवनभरी,
अरूले कानुन मान्दैनन् तर नियमकै अधिन गरिब छ।

खाडी भएपनि जापान भएपनि देशभित्र कमारो हुँदा,
मात्रृत्वको सम्मान् गर्छ अथक जस्तै मिसिन गरिब छ।

ठुला धनीहरू अवसरबाद हुन्छन् भागछन् लडाइमा,
जब देशको लागि रगत बगाउँपर्छ त्यो दिन गरिब छ।

इतिहासमा देश र जनताको लागि गरिब बली चड्यो,
सधैँभरी आँखा चिम्लेर गर्न सक्किने एकिन गरिब छ।

आउ संसारभरिका गरिबहरू मिलेर अखण्डित बसौँ,
अमूल्य समय हाँसेर खर्चिन सक्ने एकछिन गरिब छ।

॥३॥

घर छाडि परदेश जाने रहर हुँदैहुदैन,
आफ्नै गाउँ जस्तै त्यो नगर हुँदैहुदैन।

बरू गुन्द्रुक आटो पेटभरी पाए देशमै,
ज्यान परदेश तिर को सफर हुँदैहुदैन।

मन मात्र होइन मष्तिक बोकेर हिँड्छु,
कतै हराउँन सक्छ मनको भर हुँदैहुन।

एउटा परिश्रम गरेर खाने मज्दुर हुँदा,
अबिचलित भै हिंड्छु मर्ने डर हुँदैहुन।

Attariya Hospital

अड्डा अदालत धाउँछ न्यायको लागि,
गरबि हुँदा उसको कतै कदर हुँदैहुदैन।

बुन्दुक पड्काउँनेहरू संघारबाटै फर्के,
धनको झैँ कुनैको पनि असर हुँदैहुन्।

॥४॥

अपबित्र गठबन्धन् गरेपनि सरकार बन्ने रहिछ,
कुरैकुरामा गाउँ गाउँमै सिहँ दरबार बन्ने रहिछ।

जनतालाई साँच्चै भेँडा बाख्रा सम्झिन्छ नेताले,
नियमकानुन पनि यिनैले भनेनुसार बन्ने रहिछ।

बिचरा ढुङ्गा तरास्यो राम्रो मूर्ति बनायो केपायो,
यहाँ त भजन कृतन जिउँने आधार बन्ने रहिछ।

कल्पनामा र चमत्कारमा रन्झुल्ल मानिस पनि,
उनैको कथा लेख्न तैयार अखबार बन्ने रहिछ।

एउटाले देश गुमायो र आर्कोले छोरा गुमायो,
प्राण घातक पनि आफ्नै व्यवहार बन्ने रहिछ।

मेरो लेख असुद्ध छ हुनुमा कसलाई दोश दिने,
मनपर्दा त प्रतिभा चोरपनि हक्दार बन्ने रहिछ।

॥५॥

भन्छन् गजलमै पनि त बहर भए राम्रो,
हुन्छ सँगै गाउँदैहिंड्ने सफर भए राम्रो।

स्वतन्त्र भएर नै रमाउँनु छ सधैँ हामिले,
सबैलाई देशको पनि त खबर भए राम्रो।

कोही रमाउँनका लागि बाँचेका हुन्छन्,
निजी स्वार्थमै व्यवस्था गदर भए राम्रो।

बिकिसक्यो खोलानाला सम्पती देशको,
लिलामी उनैलाई धर्ति र सगर भए राम्रो।

चसक्क हुन्छ यो मन् उपहास हुँदा देश,
फरक पर्दैन कसैलाई बञ्जर भए राम्रो।

लुकाएकै हुन्छन् मिठो बिष चिन्नै गारोछ,
लुकाई बिष मुस्कुराउँने अधर भए राम्रो।

॥६॥

हवाले नछुने वृक्षको जीवन कहाँ हुन्थ्यो,
घर बिना कल्पनामा आगन कहाँ हुन्थ्यो।

जन्मिन्छ हुर्ल्किन्छ आसै आसामा बाँच्दा,
साँच्चै कल्पनामै पनि निधन कहाँ हुन्थ्यो।

भ्रममा जिउँनेहरू मरे र जान्छन् स्वर्गमा,
धर्ति भन्दा राम्रो स्वर्गनै भन कहाँ हुन्थ्यो।

ढुङ्गा तरासी बनायौँ मूर्ती देखायौँ प्रतिभा,
कल्पनामा अधर देख्ने मन कहाँ हुन्थ्यो।

प्रेमको संसार प्रेममै उदाउँछ अस्ताउँछ,
हृदय बिना नजरको मिलन कहाँ हुन्थ्यो।

कुनै लोभ भएर त जीवनको आधार हुन्छ,
नत्र हृदयमा स्वार्थको जतन कहाँ हुन्थ्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८