
कविता : जब रवि राजनीतिमा आए..
सधैँ सत्य बोल्ने एक कुशल सञ्चारकर्मी शेर,
जसले करोडौँ जनताको मन जितेका थिए,
पत्रकारिताको धर्म निभाएर, जनताको प्राण बनेका थिए।
उनले राजनीतिमा पाइला राख्दा,
जनताको अनुहार उज्यालो भयो।
सारा युवाहरूमा एउटा नयाँ जोश पलायो।
डाक्टरदेखि लिएर इन्जिनियर,
शिक्षकदेखि लिएर , विद्यार्थी,
युवा युवतीदेखि लिएर ,वृद्ध
गायक देखि कवि सबैले उनलाई
साथ दिने भयो!

उनको लोकप्रियता झन् चुलियो,
सत्यको स्वर फेरि गुञ्जियो संसदमा,
सभा समारोहमा
उनको स्वरले घरका भित्ताहरूमा समेत काँडा उम्रिए,
खुसी भए सारा चराचुरुङ्गी, बोटबिरुवा,
ढुङ्गा–माटो, पृथ्वी नै
किनभने सारा जनतामा रवि भगवानको स्वरूप हुन् भन्ने
एउटा आभास पलाएको थियो
उनको असल कर्मलाई सबैले चिनेको थियो।
तर सत्तामा बसेकाहरू
डराए, झस्किए,
थरथराए,
भ्रष्टहरूको ज्यान हल्लियो,
दलालहरू मुर्छा परे
देशद्रोहीका मुटु, धड्कन चल्न छाडे
रविको एउटै सम्बोधनले
अत्याचारीहरूको छातीहरू हल्लिए।

चिसिएका बाटाहरू पनि उनका ताता पैताला परेपछी न्यानो भए।
तर उनलाई लात हान्न तम्सिए केही
गधा चरित्रका सत्ता-भोंडे गधाहरू।
युवाको जोशको ज्वाला बोक्दै
रवि अघि बढे निर्भीक भएर,
उनी सधैँ सत्यको सिपाही बनेर उभिए।

उनी देखेर, उनको काम देखेर
सह्य भएन केही देश बेचेर खानेहरूलाई।
लुटेराहरूलाई लुट्न नपाउने डर भयो।
बीसौँ वर्षदेखि सरकारको चुल्होमा बसेका भान्सेहरूलाई
उनी अगाडि बढे भने सरकार नै
उनको हातमा पर्ने डर भयो!
अन्ततः राजनीतिक प्रतिशोध साधेर
उनिमाथि रचिए अनेक किसिमका षड्यन्त्रहरू,
खोज्न थाले उनका साना–तिना
कमि कमजोरीहरू, गल्तीहरू
जब परे रवि नागरिकता प्रकरणमा,
सहकारी घोटालासम्बन्धमा
खोसिदिए उनका पदहरू,
लुट्न खोज्यो उनको इज्जत।
र अनुसन्धान, छानबिनकै नाममा
थुनिदिदियो थुनामा
तर उनी कमजोर बनेनन्,
झनै बलियो खम्बा बने
अझै खम्बा बनिरहने छन् !
नेपाल आमा ,माता पिता गुरुवर्ग र
नेपाली जनताको आशीर्वादले छिट्टै न्याय पाउनेछन्
एकदिन देश हाक्नेछन् रवि
सुखी नेपाल समृद्ध नेपाल बनाउनेछन् रवि!
पारस भट्ट प्यासी .. सुदुरपश्चिम बैतडी































