मीना देउवाको ह्याट्रिकमा श्रीलङ्कामाथि नेपालको सानदार जित

Image
Nisarga Hospital

साफ यु-२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले श्रीलङ्कामाथि ७-० को फराकिलो जित निकालेको छ। ढाकास्थित बसुन्धरा किङ्स एरेनामा ढिलो सुरु भएको खेलमा नेपालले पहिलो हाफमै पाँच तथा दोस्रो हाफमा दुई गोल गर्‍यो।

CP Hospital Dhangadhi

नेपालको जितमा मिना देउवाले ८औं, ४२औं र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन्। पूर्णिमा राईले दुई गोल गर्दा समीक्षा मगर र सरिता नाथले एक–एक गोल गरे।

Attariya Hospital

जितसँगै नेपालले तीन खेलबाट ६ अंक जोडेको छ। बङ्गलादेश ९ अंकसहित शीर्षस्थानमा छ। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। श्रीलङ्का भने प्रतियोगितामा अझै जितविहीन छ।

nawajiwan