यस वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

Image
Nisarga Hospital

राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार, गत वर्षको तुलनामा यस वर्षको नतिजा ९ प्रतिशतले वृद्धि भएको छ।

CP Hospital Dhangadhi

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, विद्यार्थीको मिहिनेत, अभिभावकको सक्रियता र विद्यालयहरूको तयारी नै नतिजा सुधारको मुख्य कारण हो। शर्माले भने, “अभिभावकहरू बढी सिरियस हुनु भएको छ, त्यसले पनि सकारात्मक असर पारेको छ।”

Attariya Hospital

बोर्डका अनुसार, यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड (NG) भएका छन्।

nawajiwan

यस्तै, ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने जानकारी बोर्डले दिएको छ। ती विद्यार्थीहरूका लागि परीक्षा खुला गरिनेछ जसले एक वा दुई विषयमा ‘ग्रेड सुधार’ गर्न चाहन्छन्।

Advertize US