नेपाली सेना र जेनजी आन्दोलनबीच आज वार्ता: नागरिक सरकार र संसद् विघटनबारे छलफल हुने

Image
Nisarga Hospital

बुधबार नेपाली सेना र जेनजी आन्दोलनका प्रतिनिधिबीच वार्ता हुने भएको छ। नेपाली सेनाले वार्ताका लागि पहल गरेपछि वार्ताको तयारी सुरु भएको हो। जेनजी पुस्ताले राजनीतिक दलसँग संवाद नगर्ने भएकाले सेना सक्रिय भएको समाचार स्रोतले जनाएको छ। जेनजी आन्दोलनकारीले राजनीतिक दललाई सत्ताबाट हटाएर नागरिक सरकार गठनको माग गर्दै आएका छन्।

CP Hospital Dhangadhi

वार्तामा संसद् विघटन, नयाँ सरकार गठन र आगामी राजनीतिक प्रक्रियाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। तर, वार्ता कहिले र कहाँ हुने भन्ने अझै प्रष्ट छैन। गएराति जेनजी प्रतिनिधिहरूले प्रधानसेनापति अशोक सिग्देलसँग सामान्य तहमा संवाद गरेका थिए। बुधबारको औपचारिक वार्ता राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुने भएको छ।

Attariya Hospital

नेपाली सेनाका प्रतिनिधिहरू मंगलबारदेखि नै जेनजी प्रतिनिधिसँग सम्पर्कमा रहेका छन्। प्रधानसेनापति सिग्देलले जेनजी आन्दोलनकारीलाई संयमित हुन र संवादमा आउन आग्रह गरेका थिए। त्यसअघि राष्ट्रपति पौडेलले पनि संवादमार्ग अपनाउन आग्रह गर्नुभएको थियो। वार्ताबाट नयाँ सरकार गठन र आगामी चुनावसम्बन्धी कदमको स्पष्ट दिशानिर्देश आउने अपेक्षा गरिएको छ।

nawajiwan