
मूल वृक्ष मै बसेका ती बुबा, महान श्रेष्ठ हुन यो जगतकै ।
मनमा कुनै शङका नगरी कन अभाव टाल्दछन् सन्तानकै ।।

मूल वृक्षलाई बिर्सि दिने गर्छन तब चुम्दछन सफलताको शाखले जब ।
आफु झटारो सहेर पनि उनी, फल खोज्छन अति ।।
गुनासो गर्दैनन् कहिल्यै पनि उनी, ऋणले कती बोझ बोकेको छ भनी ।
रुख बृद्ध हुदै जान्छन जब, अनि फल सबै बन्छन आखाको तारा ।।

तिनै फलफूल आदिको बनिन्छ महँगो जुस औषधि आदि।
रुख बनी लडिरहन्छन बृद्धअवस्थामा, सम्पादकलाई दिदै आफ्नो परिचय आदि ।।

मेरो घर त फलानो ठाउँमा, तर मेरो छोरा डाक्टर, इन्जिनियर आदि ।
रहेनछ उसको मनमा मेरोप्रति माया अलिकति पनि यो बुद्धले के गर्ला भनी ।।
आफू श्रेष्ठ बन्ने कशिस गरौं परिवारमै मनमा गुलाव छरी ।
जानु नपरोस कोही वृद्धाआश्रममा वृद्ध अवस्थामा पीडा बोकी अनेक थरि ।।।
✍️अमित जोशी
दार्चुला































