सुदूरपश्चिमले पोखरालाई १९४ रनको चुनौती

Image
Nisarga Hospital

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको बलियो लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन जोड्यो।

CP Hospital Dhangadhi

१५ ओभरमा १६०–२ को अवस्थामा रहेर २०० पार गर्ने संकेत दिएको सुदूरको फिनिसिङ कमजोर रह्यो। अन्तिम ५ ओभरमा ३३ रन मात्र थप्दा ५ विकेट हातबाट गए। टोलीका जोश ब्राउनले ३५ बलमा ६८ रनसहित उत्कृष्ट प्रदर्शन गरे। उनले ६ चौका र ५ छक्का प्रहार गरे। विनोद भण्डारीले पनि ४२ बलमा ४३ रन जोडे।

Attariya Hospital

बलिङतर्फ पोखराका जिमी नीशमले ३ विकेट लिए भने डान डौथवेट र आकाश चन्दले २–२ विकेट लिए। खेल अब रोचक बनेको छ, पोखराले यो ठूलो लक्ष्य पछ्याउने क्रममा कस्तो प्रदर्शन गर्छ, सबैको ध्यान त्यसैमा छ।

nawajiwan