सामाजिक सञ्जालमा जथाभावी बोल्ने लेख्नेहरुमाथी प्रहरीको ध्यानाकर्षण अति आवश्यक छ

Image
Nisarga Hospital

  सामाजिक सञ्जालमा सभ्य भाषामा आफ्ना स्वतन्त्र विचार, गीत–कविता वा कुनै पनि अभिव्यक्ति राख्ने सबै नागरिकको मौलिक अधिकार हो।

CP Hospital Dhangadhi

तर कसैको विचार मन परेन भन्दैमा उसलाई मार्ने कुटपिट गर्ने धम्कीपूर्ण अभिव्यक्ति गर्नु स्वयं जिउँदै मानिसलाई आगो लगाउने अपराधभन्दा कम मानिन्न।

जबसम्म यस्ता आपराधिक सोच बोकेका व्यक्तिहरू कानुनी प्रक्रियाबाट कारबाही र सजायको दायरामा आउँदैनन्, तबसम्म समाजमा दुःखद घटना घटिरहन्छन्

nawajiwan
Attariya Hospital

भिभिन्न अनलाइन माध्यमबट प्रकाशित विश्लेषकहरूका सामग्रीमा आफूलाई चित्त बुझेन भन्दै केही नागरिकले असभ्य भाषा प्रयोग गर्दै समाजमा विकृति फैल्याएको छ !

जसले नेपाली भाषा संस्कृतिमा पनि आँच पुग्न जान्छ , कसैलाई चोटपटक पुग्ने वा छाडा सब्दहरु कसैमाथी हमला गर्ने मारपिट गर्ने प्रकारका दुरुत्साहित अभिव्यक्तिहरू कानुनअन्तर्गत दण्डनीय छन्। अत यी यथावत विषयमा नेपाल प्रहरी तथा संबंधित निकायहरूको गम्भीर ध्यानाकर्षण होस्।