आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरोले जनजीवन प्रभावित

Image
Nisarga Hospital

देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली देखिएको छ। विशेषगरी तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

CP Hospital Dhangadhi

आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। यस्तै, आज राति पनि मौसममा उल्लेखनीय परिवर्तन नआइ मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Attariya Hospital

तराईका भूभागमा हुस्सु तथा कुहिरोको प्रभावका कारण बिहानको समयमा दैनिक जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। यसले स्वास्थ्यमा असर पर्नुका साथै सडक र हवाई यातायातमा समेत आंशिक अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

nawajiwan