आजको मौसमः तराईमा बाक्लो हुस्सु, पहाड–हिमालमा आंशिक बदली : सतर्क रहन मौसम महाशाखाको आग्रह

Image
Nisarga Hospital

देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण हाल तराईका धेरै स्थानमा बाक्लो हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो पनि तराईका अधिकांश क्षेत्रमा हुस्सु कायमै रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई क्षेत्रमा मध्यान्नसम्म कुहिरो लाग्ने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

Attariya Hospital

रातिको समयमा तराईका अधिकांश स्थानमा हुस्सु लागिरहनेछ भने सबै प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिनेछ।

nawajiwan

महाशाखाले हुस्सु र कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।