अत्तरियामा जारी महोत्सवमा आज गायक दुर्गेश थापाको प्रस्तुति रहने, आजै समापन गरिदैँ

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सव आज समापन हुँदैछ। आजको कार्यक्रममा दुर्गेश थापा लगायतका कलाकारहरूले मनोरञ्जन प्रस्तुति दिनेछन्।

CP Hospital Dhangadhi

यसैगरी शोभा त्रिपाठी, सरस्वती धामी, विक्रम चौधरी, गङ्गा थापा मगर लगायत कलाकारहरूले पनि दर्शकलाई सांगीतिक तथा सांस्कृतिक प्रस्तुति सुनाउने आयोजक न्यु सृजनशील युवा क्लब अत्तरियाले जानकारी दिएको छ।

Attariya Hospital

महोत्सव पुस ९ गतेदेखि सञ्चालनमा आएको हो। सुरुमा १९ गतेसम्म आयोजना हुने भनिए पनि दर्शकको चाप र मागअनुसार २१ गतेसम्म लम्बाइएको थियो। विभिन्न सांगीतिक, नृत्य, तथा सांस्कृतिक कार्यक्रमले भरिएको यस महोत्सवले अत्तरियामा सांस्कृतिक उत्थान र स्थानीय प्रतिभाको प्रदर्शनमा महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ। आयोजकले भविष्यमा यस्तै कार्यक्रम नियमितरूपमा सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

nawajiwan