ककपिटमा धुवाँको संकेतपछि श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण

Image
Nisarga Hospital

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको उडान नम्बर एसएचए–२२७ मा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

CP Hospital Dhangadhi

विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार ककपिटमा धुवाँ देखिएको संकेत प्राप्त भएपछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै जहाजलाई तत्काल भैरहवामा अवतरण गराएका हुन्। जहाज सुरक्षित रूपमा अवतरण भएको र सबै यात्रु सकुशल रहेको जनाइएको छ।

Attariya Hospital

हाल यात्रुहरू विमानस्थलमै रहेका छन्। श्री एयरलाइन्सले काठमाडौंबाट अर्को जहाज पठाएर यात्रुलाई धनगढी पुर्‍याउने तयारी गरेको जानकारी विमानस्थललाई दिएको छ।

nawajiwan

जहाजमा देखिएको समस्याको वास्तविक कारण भने प्राविधिक परीक्षणपछि मात्र खुल्ने महाप्रबन्धक साहले बताएका छन्। घटनाबारे सम्बन्धित निकायले आवश्यक जाँच अघि बढाएको छ।