राष्ट्रियसभा निर्वाचनको औपचारिक सुरुवात: आज देशभर उम्मेदवारको मनोनयन

Image
Nisarga Hospital

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार आगामी माघ ११ गते हुने निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुन लागेका कूल १८ सदस्य चयन गरिनेछ।

CP Hospital Dhangadhi

आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो भने मङ्गलबार दाबी–विरोध टुंग्याउँदै अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ। आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारले मनोनयन पत्र दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

Attariya Hospital

निर्वाचन तालिकाअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने तथा सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गरिनेछ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

nawajiwan

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका १८ सदस्यको कार्यकाल समाप्त हुँदैछ। निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहनेछन्।