फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

Image
Nisarga Hospital

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ गर्न १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै, इच्छुक नागरिकले पुस २५ देखि माघ १ सम्म आवेदन दिन सक्ने जानकारी दिएको छ।

CP Hospital Dhangadhi

आवेदन काठमाडौँ उपत्यका स्थित तीन जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट लिन र बुझाउन सकिनेछ। भर्ना हुनेका लागि उमेर १८–५४ वर्षबीच र साधारण लेखपढ सक्षम हुनुपर्नेछ।

Attariya Hospital

छनोट प्रक्रिया माघ ५–९ सम्म सम्पन्न हुनेछ र माघ १२ मा अन्तिम नतिजा सार्वजनिक गरिनेछ। चयनित उम्मेदवारले माघ १५–२४ मा तालिम लिनेछन्। निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन, तलब रु. ३४,७७६, र रासन तथा आउजाउ खर्च रु. ८४६ तय गरिएको छ। खाजा र पोसाक खर्च पनि छुट्टै उपलब्ध गराइनेछ।

nawajiwan