आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरोले जनजीवन प्रभावित

Image
Nisarga Hospital

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेस प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहँदा बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम प्रायः सफा रहनेछ।

Attariya Hospital

आज राति पनि तराईका केही स्थानमा हुस्सु रहने जनाइएको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा मौसम सफा रहने अपेक्षा गरिएको छ।

nawajiwan

तराईमा देखिएको हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।