एकता भंगपछि कुलमान घिसिङको स्पष्ट संकेत– “नभए प्रत्यक्षमै लड्छौँ”

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपाल पार्टी (उनेपा) अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई धोका भएको दाबी गरेका छन्। शनिबार साँझ पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले एकता टुट्नुमा आफ्नो पक्षको दोष नरहेको स्पष्ट पारे।

CP Hospital Dhangadhi

घिसिङले रास्वपासँग एकता गर्ने क्रममा केही अलिखित सहमतिहरू भएको उल्लेख गर्दै आफूहरूको कुनै ठूलो माग नरहेको बताए। मिडियामा पदको बार्गेनिङ गरिएको भन्ने आरोपको पनि उनले खण्डन गरे। “हामीले पदका लागि सौदाबाजी गरेका छैनौँ,” उनले भने।

पत्रकार सम्मेलनपछि उठेका प्रश्नमा कुलमानले रोचक जवाफ दिएका छन्। एक पत्रकारले “समानुपातिकमा कहाँ मत हाल्ने ?” भनेर सोध्दा उनले “हामी व्यवस्था गर्छौँ” भने। तर कानुनी जटिलता औंल्याइएपछि उनले “नभए हामी प्रत्यक्षमा मात्र लड्छौँ” भन्दै विकल्प खुला राखे।

nawajiwan
Attariya Hospital

रास्वपासँगको आगामी सम्बन्धबारे प्रश्न गर्दा घिसिङले रास्वपालाई मित्र शक्ति भन्दै चुनावी अलायन्स सम्भव रहेको संकेत गरे। “पार्टी एकता उहाँहरूले नै तोड्नुभयो,” उनले थपे।

गत पुस १४ गते रास्वपा र उनेपाबीच पार्टी एकताको सहमति भएको थियो। सोही आधारमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूची तयार पारिएको थियो। तर निर्वाचन आयोगमा सूची बुझाउने समय घर्किँदै जाँदा दुई दलबीचको एकता अन्ततः भाँडिएको हो।