आजको मौसमः 🌫️ तराईमा हुस्सु–कुहिरो, पहाड–हिमालमा मौसम सफा रहने

Image
Nisarga Hospital

नेपालमा हाल उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ भने पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।

Attariya Hospital

राति पनि तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईमा हुस्सुको असरले जनजीवन, स्वास्थ्य तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

nawajiwan