आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस: चेतना र तयारीमा जोड

Image
Nisarga Hospital

आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ। यो दिवस विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि मनाउन सुरु गरिएको हो।

CP Hospital Dhangadhi

भूकम्प सुरक्षा दिवसको मुख्य उद्देश्य जनस्तरमा भूकम्प सम्बन्धी चेतना फैलाउनु, जोखिम र क्षतिको तयारीलाई सुदृढ पार्नु हो। विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले देशभर जनधनमा ठूलो क्षति पुर्‍याएको थियो।

Attariya Hospital

यस अवसरमा नेपालभर विभिन्न सरकारी, गैरसरकारी संस्था र समुदाय स्तरमा कार्यक्रमहरू आयोजना गरिँदैछन्। कार्यक्रमहरूमा भूकम्प प्रतिरोधी संरचना, आपत्कालीन तयारी, राहत र उद्धार अभ्यास, तथा जनचेतना अभिवृद्धि सम्बन्धी गतिविधि समावेश छन्।

nawajiwan

सरकार र समुदायले संयुक्त प्रयासमार्फत भविष्यमा आउने भूकम्पबाट जोगिन र जनधनको सुरक्षा गर्न आवश्यक तयारीमा जोड दिने योजना सार्वजनिक गरेका छन्।