धरान उपमहानगर प्रमुख हर्क साम्पाङले राजीनामा, प्रतिनिधिसभा उम्मेदवारीका लागि तयारी

Image
Nisarga Hospital

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्। उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् र सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन्।

CP Hospital Dhangadhi

आइतबारको कार्यपालिका बैठकमा साम्पाङले उपप्रमुख ऐन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन्। त्यस्तै, धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन्। उनलाई नेकपाले सुनसरी–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ।

Attariya Hospital

साम्पाङले संविधानको धारा २१६ को उपधारा ८(क) अनुसार प्रतिनिधिसभा उम्मेदवारीका लागि नगरप्रमुख पदबाट राजीनामा दिएको बताएका छन्। यसअघि आजै बालेन शाहले काठमाडौं महानगरका मेयर पदबाट राजीनामा दिएका थिए। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि साम्पाङको उम्मेदवारी तयारी पूर्णरूपमा जारी छ।

nawajiwan