पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्दै ऋषि धमला, रौतहटबाट चुनाव लड्ने घोषणा

Image
Nisarga Hospital

प्राइम टेलिभिजनका चर्चित पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार राति प्रसारित कार्यक्रममार्फत उनले लामो समयदेखि सञ्चालन गर्दै आएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम आफूले नचलाउने जानकारी दिएसँगै चुनावी यात्राको संकेत गरेका हुन्।

CP Hospital Dhangadhi

धमलाका अनुसार अब उक्त कार्यक्रम सहकर्मी पत्रकार ऋषि थपलियाले सञ्चालन गर्नेछन्। कार्यक्रममा बोल्दै धमलाले थपलियालाई पूर्ण समर्थन रहने स्पष्ट पारे। “जनता जान्न चाहन्छन् कार्यक्रम भोलिदेखि ऋषि थपलियालाई हस्तान्तरण गर्दैछु। म यो कार्यक्रममा आफ्नो विचार राख्नेछु र उहाँलाई निरन्तर सहयोग गर्नेछु,” उनले भने।

Attariya Hospital

पत्रकारितामा आक्रामक प्रस्तुति र स्पष्ट प्रश्नका कारण चर्चित धमलाले रौतहटबाट चुनाव लड्ने बताएका छन्। यद्यपि उनले कुन निर्वाचन क्षेत्र र कुन राजनीतिक दलबाट उम्मेदवारी दिने भन्ने विषयमा भने खुलाएका छैनन्। “म रौतहट जाँदैछु, जनताकै बीचमा गएर निर्णय लिन्छु,” भन्दै उनले अब आफू प्रत्यक्ष राजनीतिमा होमिएको संकेत गरेका छन्। धमलाको यो घोषणासँगै सञ्चार र राजनीति दुवै क्षेत्रमा नयाँ चर्चा सुरु भएको छ।

nawajiwan