
झापाः राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष बिजय तामाङले एमाले र राष्ट्रिय युवा सङ्घसँगको जिम्मेवारी परित्याग गरी रास्वपा प्रवेश गरेका छन्। माघ ७ देखि उनीहरूले झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा सक्रिय सहभागिता जनाउने निर्णय गरेका हुन्।


सामाजिक सञ्जालमार्फत खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने र वैकल्पिक, परिवर्तनकारी धारालाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेकपा (एमाले), युवा सङ्घ, सामाजिक संघ–संस्था र परिवारजनप्रति धन्यवाद दिए। उनको कदमले झापा–५ मा नयाँ राजनीतिक समीकरण र बहसलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
































