पाँच उम्मेदवारको उम्मेदवारी वि’वादमा, निर्वाचन आयोगमा एकपछि अर्को उ’जुरी

Image
Nisarga Hospital

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत विभिन्न पाँच जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। आयोग स्रोतका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका दुई जनासहित देशका विभिन्न क्षेत्रका उम्मेदवारविरुद्ध उजुरी परेको हो।

CP Hospital Dhangadhi

भक्तपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध उजुरी दर्ता भएको छ। यस्तै, रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध पनि उजुरी परेको छ।

Attariya Hospital

कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरी तथा सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार लालबिक्रम थापाविरुद्ध समेत आयोगमा उजुरी परेको छ।

nawajiwan

निर्वाचन आयोगले प्राप्त उजुरीहरू अध्ययनको क्रममा रहेको जनाएको छ। उजुरीको विषयवस्तुबारे आयोगले हालसम्म कुनै औपचारिक विवरण सार्वजनिक गरेको छैन।