आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरोको चेतावनी

Image
Nisarga Hospital

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवालो लाग्ने सम्भावना रहेको छ। यसले दैनिक जनजीवनसँगै यातायात र हवाई सेवामा समेत असर पार्न सक्ने देखिएको छ।

CP Hospital Dhangadhi

हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली देखिएको छ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा भने बिहानैदेखि तुवालो लागेको जनाइएको छ।

Attariya Hospital

आज दिउँसो पनि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान छ। यस्तै, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ।

nawajiwan

महाशाखाले हुस्सु र कुहिरोका कारण तराईका विभिन्न विमानस्थलमा दृश्यता घट्न सक्ने, जसका कारण हवाई उडानमा ढिलाइ वा अवरोध हुनसक्ने चेतावनी दिएको छ। साथै, लामो तथा छोटो दूरीका सवारीसाधन चालकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।