२४ घण्टामै १ करोड ४५ लाख सहयोग जुट्यो, सावित्रा भण्डारीको खातामा रकम संकलन बन्द गर्न अपिल

Image
Nisarga Hospital

सावित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि अपिल गरेको सहयोग रकम २४ घण्टामै १ करोड ४५ लाख रुपैयाँ संकलन भएको जानकारी दिएकी छन्। उनले अबदेखि आफ्ना दुवै खातामा सहयोग रकम जम्मा नगर्न आग्रह गरेकी छन्।

CP Hospital Dhangadhi

खुट्टाको चोटको शल्यक्रिया र पुनर्स्थापनाका लागि आर्थिक सहयोग मागेकी साम्बालाई नेपाली बैंक खातामा १ करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) प्राप्त भएको हो।

Attariya Hospital

साम्बाले सामाजिक सञ्जालमार्फत सहयोग, माया र भरोसाप्रति आभार व्यक्त गर्दै यसले आफूलाई मानसिक रूपमा थप बलियो बनाएको उल्लेख गरेकी छन्। कतारमा हुने उपचारका क्रममा लाग्ने आवास तथा यातायात खर्च समेत जुट्ने देखिएको उनले बताएकी छन्।

nawajiwan

उनी आवद्ध क्लब Wellington Phoenix FC ले पनि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको जनाइएको छ। साम्बाले आफू अझ मजबुत भएर मैदानमा फर्कने दृढता व्यक्त गरेकी छन्।