धनगढीको एसपीए कलेजले २ जना विश्वकप खेलाडीलाई नगदसहित सम्मान

Image
Nisarga Hospital

भारतको मुम्बईमा जारी ICC T20 World Cup मा नेपाली क्रिकेट टोलीका खेलाडी लोकेश बम र शेर मल्ललाई धनगढीको SPA College ले नगदसहित सम्मानित गरेको छ। कलेजको २७औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित समारोहमा दुबै खेलाडीलाई जनही १,००,००० रुपैयाँ नगद र दोसल्लासहित एसपीए सम्मान प्रदान गरिएको हो।

CP Hospital Dhangadhi

समारोहमा प्रमुख अतिथि डा. हेमराज पन्त र कलेज प्रबन्ध निर्देशक सुवाश शाहीले खेलाडीको उत्कृष्ट प्रदर्शनको कदर गर्दै सम्मान व्यक्त गरे। विश्वकपमा इङ्ल्याण्डविरुद्ध लोकेशले २० बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाएर नेपाललाई जित नजिक पुर्याएका थिए। यस्तै, शेर मल्लले आफ्नो अन्तर्राष्ट्रिय डेब्यु खेलको पहिलो बलमै फिल साल्टको विकेट लिएका थिए।

Attariya Hospital

यो सम्मानले नेपाली युवा खेलाडीलाई प्रेरणा दिनुका साथै राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शनको कदर गरिएको उदाहरण प्रस्तुत गर्दछ।

nawajiwan