
अत्तरियाः गोदावरी नगरपालिका–७, खैरेनी टोलका नेकपा एमाले निकट युवा संघका वडा संयोजक श्यामबहादुर साउँदसहित दर्जनौँ जेनजी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रेमबहादुर साउद, सागर नागरी, सुनिल नागरी, रघु विक, सागर आउजी, प्रकाश आउजी, जय बोहरा, डम्मर बिक, युवराज बिक, रामबहादुर लुहार, ध्रुव बिक, कृष्ण चौधरी, नरबहादुर साउद, हरि साउँद, गणेशबहादुर बिष्ट जस्ता स्थानीय युवा नेता पनि सहभागी भए।


उनीहरूलाई कैलाली क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार आनन्द बिष्टले टीका र खादा लगाएर स्वागत गरे। बिष्टले युवाहरूको समर्थनले कांग्रेस थप सशक्त भएको बताए र विकास, रोजगारी र समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबैमा आग्रह गरे।

नवप्रवेशी युवाहरूले राष्ट्र र क्षेत्रको विकासमा कांग्रेसको नीति प्रभावकारी लागेको कारण पार्टी रोजेको उल्लेख गरे। खैरेनी टोलमा सम्पन्न यो प्रवेश कार्यक्रमले स्थानीय राजनीतिक वातावरणलाई थप सक्रिय र तातो बनाएको छ।

































