
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईसहित चारजनाको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि सम्बन्धित निकायलाई थुनामा राख्नुको स्पष्ट कारणसहित अनुसन्धानका सक्कल मिसिल पेस गर्न निर्देशन दिएको हो। अदालतले म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ दिन आदेश दिएको छ।

प्रसाईँलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै अधिवक्ता सुरेश बोहराले रिट दायर गर्नुभएको थियो। त्यस्तै ईश्वर दाहाल, युकेन्द्र श्रेष्ठ र गोकुल पराजुलीका तर्फबाट पनि समान प्रकृतिका निवेदन परेका छन्।

आदेशअनुसार गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायत सम्बन्धित निकायलाई महान्यायाधिवक्ता कार्यालयमार्फत जवाफ पेस गर्न भनिएको छ।
































