
भोलि फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। यसका लागि सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा घोषणा गरेको छ। होली पर्व, शनिवार र महिला दिवस जोडिँदा करिब एक हप्तासम्मको लामो बिदा परेको छ। यो वर्ष २०८३ सालमा सार्वजनिक बिदा एक सय नौ पुगेको छ, जुन गत वर्षको झन्डै ८० दिनभन्दा बढि हो। सरकारले आठ प्रकारका बिदा सार्वजनिक गरेका छन् भने प्रदेश र पालिकाले आफ्ना क्षेत्रीय पर्व अनुसार थप ६ दिन बिदा दिन पाउँछन्।

यस्तो अत्यधिक बिदाले निजी क्षेत्रमा असर पार्न थालेको छ। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहका अनुसार मजदुर काममा नआउँदा निर्माण कार्य प्रभावित भइरहेको छ। सरकारी काम रोकिएपछि निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको छ। भूगोल र जनसंख्याको हिसाबले सानो देशमा यति धेरै बिदा भएकोले विकास र अर्थतन्त्रमा नकारात्मक असर परेको अध्यक्ष सिंहले औँल्याए।

२०८३ का लागि कुन कुन दिन बिदा छ त ? हेर्नुहोस नेपाल राजपत्रः- यसैमा क्लिक गर्नुहोस ।
































