काठमाडौंका अधिकांश क्षेत्रमा रास्वपाको अग्रता

Image
Nisarga Hospital

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा काठमाडौंका अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता बनाएका छन्। प्रारम्भिक मतपरिणामले राजधानीमा रास्वपाको प्रभाव उल्लेखनीय रूपमा देखिएको छ।

CP Hospital Dhangadhi

काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रस्थानमा छिन्। काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ मतका साथ अगाडि छन् भने काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता कायम गरेका छन्।

यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अघि रहेका छन्।

nawajiwan
Attariya Hospital

त्यसैगरी काठमाडौं–३ मा राजु नाथ पाण्डे २ हजार ९६० मतसहित अगाडि छन् भने काठमाडौं–२ मा सुनिल केसी ९५० मतसहित अग्रता बनाइरहेका छन्।

मतगणना अझै जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन्। 🗳️